सुनसरीमा भोजपुरी सुपरस्टार खेशरीलालको कन्सर्टमा झडप (तस्बिर/भिडिओ) – Nepal Press

सुनसरीमा भोजपुरी सुपरस्टार खेशरीलालको कन्सर्टमा झडप (तस्बिर/भिडिओ)

विराटनगर । भारतिय भोजपुरी कलाकार खेशरीलाल यादवको कन्सर्टमा भएको झडपमा आधा दर्जन सर्वसाधारण घाइते भएका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामा भएको बर्जु महोत्सवमा सहभागी हुन भोजपुरी गायक तथा नायक खेशरीलाल आज सुनसरी आएका थिए ।

कन्सर्ट हेर्न नेपाल र सीमावर्ती भारतबाट समेत सर्वसाधारण आएका थिए । महोत्सव आयोजक बर्जु सामुदायिक विकास केन्द्रले कन्सर्टमा प्रवेश गर्न महँगो टिकट शुल्क राखेकाे थियाे । सर्वसाधारण टिकट नकाटी भित्र प्रवेश गर्न खोजेपछि विवाद भएको थियो ।

विवादपछि कुटपिट र झडप हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आयोजकले कन्सर्ट प्रवेश शुल्क ५०० रुपैयाँ राखेको र शुल्क नतिरी भित्र प्रवेश गर्ने क्रममा विवाद भएको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि सोही महोत्सवमा आगजनी र तोडफोड भएको थियो । कोरोनाका कारण खेशरीलाललाई कार्यक्रम गर्न स्थानीय प्रशासनले रोक लगाउँदा आक्रोशित समूहले आगजनी र तोडफोड गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *