ओलीलाई माधवको प्रश्न- तपाईंहरुको गठबन्धनका उपेन्द्रजी हुनुहुन्न त ? – Nepal Press

ओलीलाई माधवको प्रश्न- तपाईंहरुको गठबन्धनका उपेन्द्रजी हुनुहुन्न त ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन मिलाएर लान नसकेकोप्रति कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष नेपालले ओलीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरुकाे हालत यही देखिसकेको छ । सरकारलाई समर्थन गरेका उपेन्द्रजी हुनुहुन्न । तपाईंको गठबन्धन दल छैन ?’

तर, अध्यक्ष नेपाल बोल्ने बेलामा ओली बाहिरिसकेका थिए ।

त्यसको जवाफमा प्रचण्डले आफूहरुले जसपालाई मधेस मुख्यमन्त्री, अन्य प्रदेशमा मन्त्री र संघमा दुई मन्त्री दिएपछि असन्तुष्ट भएको जवाफ दिएका थिए ।

सरकारलाई समर्थन गरेकाे जसपा भागबन्डा सम्मानजनक नभएको भन्दै आज प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दा सहभागी भएन । उसले सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो ।


प्रतिक्रिया

One thought on “ओलीलाई माधवको प्रश्न- तपाईंहरुको गठबन्धनका उपेन्द्रजी हुनुहुन्न त ?

  1. कसैलाई पहिलेको गठबन्धन भताभुङ्ग भएकोमा लाज छैन । अहिले उपेन्द्र नआएकोमा चिन्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर