पल शाहलाई सफाइपछि पुजा शर्मा लेख्छिन् : खुशीको सीमा रहेन – Nepal Press

पल शाहलाई सफाइपछि पुजा शर्मा लेख्छिन् : खुशीको सीमा रहेन

काठमाडौं । अभिनेता पल शाहलाई तनहु जिल्ला अदालतले सफाइ दिएपछि नायिका पुजा शर्मा खुशीले गदगद बनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गरेकी हुन् ।

पल शाहको समाचार बाहिरिएसँगै पुजाले फेसबुकमा लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’

पल शाह बलात्कार आरोपमा पक्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले अभिनय गरेका थिए । पल जेल गएपछि रिलिज भएको यो चलचित्र सुपरहिट भएको थियो ।

पललाई आज तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन सक्ने छैनन् । नवलपुर जिल्ला अदालतले उनलाई यौन दुव्र्यवहारमा अढाइ वर्षको जेल सजाय सुनाएकाले उनी सो सजाय भूक्तान गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर