पल शाहलाई तनहुँ कारागारमै राखिने – Nepal Press

पल शाहलाई तनहुँ कारागारमै राखिने

काठमाडौं । तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा सफाइ दिए पनि अभिनेता पल शाहलाई तनहुँ जिल्ला कारागारमै राखिने भएको छ । यसअघि नवलपुर जिल्ला अदाललते शाहलाई साढे २ वर्ष कैद सजाय गरे पनि तनहुँ जिल्ला कारागारमै राखिँदै आएको थियो ।

तनहुँ कारागारका निमित्त जेलर नारायण अधिकारीले नवलपुर जिल्ला अदालतको पत्रअनुसार शाहलाई बस्दै आएको ठाउँमै राखिने बताए । शाहलाई सुरुदेखि नै उक्त कारागारमा राखिँदै आएको छ ।

मंगलबार फैसलाको बहस सुन्न आएका शाहलाई पछि कारागारमै लगिएको थियो । नवलपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् ।

सरकारी वकिल कार्यालयले भने पुनरावेदन गरिनसकेकाले पुनरावेदनको पेशी चढ्न सकेको छैन । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध तनहुँ प्रहरी र नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । किशोरीले अदालतमा भने आफूले लगाएको आरोप झूटो भएको बताएकी थिइन् ।

नवलपुर अदालतले जबरजस्ती करणीको अभियोग आए पनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर साढे २ वर्ष जेल सजाय गरेको थियो । शाह करिब एक वर्षयता थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *