विमान दुर्घटनाको मानवीय क्षतिप्रति सी जिनपिङले पठाए राष्ट्रपति भण्डारीलाई समवेदना सन्देश – Nepal Press

विमान दुर्घटनाको मानवीय क्षतिप्रति सी जिनपिङले पठाए राष्ट्रपति भण्डारीलाई समवेदना सन्देश

काठमाडौं । चीनका राष्ट्रध्यक्ष सी जिनपिङले सोमबार पोखरामा भएको विमान दुर्घटनामा मृतक र तिनका परिवारहरुमा समवेदना व्यक्त गर्न नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएका छन् ।

चीनका प्रधानमन्त्री ली खेछ्यानले नेपालका प्रधानमन्त्री प्रचण्डलाई पनि समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति सीको सन्देशमा भनिएको छ, ‘नेपालमा ठूलो संख्यामा ज्यान जानेगरी भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा म चिनियाँ सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’

यसअघि चिनियाँ प्रधानमन्त्रीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शोक सन्देश पठाएका थिए ।

काठमाडौंबाट उडेको यती एयरलायन्सको विमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । उक्त विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए । विमान दुर्घटनामा परेका ६९ जनालाई मृत घोषणा गरिसकिएको छ । ३ जनाको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *