सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, उपसभामुख निर्वाचन हुने – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, उपसभामुख निर्वाचन हुने

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ । आजको बैठकमा उपसभामुखको निर्वाचन हुने छ । उपसभामुखमा एमालेकी कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादी माया पन्त प्रतिस्पर्धामा छन् ।

चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ छ भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ छ । ५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन् । यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् ।

आजै बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर