महिला कमाण्डमा परराष्ट्र मन्त्रालय: मन्त्री र प्रवक्तादेखि राजदूतसम्म – Nepal Press

महिला कमाण्डमा परराष्ट्र मन्त्रालय: मन्त्री र प्रवक्तादेखि राजदूतसम्म

काठमाडौं । डा. विमला राई पौड्याल नेपालको तेस्रो महिला परराष्ट्रमन्त्री भएकी छन् । उनी अगाडि सहाना प्रधान र सुजाता कोइराला परराष्ट्रमन्त्री भएका थिए ।

मन्त्री पौड्यालका अतिरिक्त परराष्ट्र मन्त्रालयमा विभिन्न उच्च ओहोदामा समेत महिलाहरु रहेका छन् । परराष्ट्र प्रवक्ता सेवा लम्साल छिन् । यस्तै सूचना अधिकारी रीता धिताल छिन् । ३० देशमा आवासीय राजदूतावास भएको नेपालका तीन महिलाले राजदूतावासको कमान्ड सम्हालेका छन् ।

पाँचथरमा जन्मेकी कान्ता रिजाल इजरायलको लागि नेपाली राजदूत छिन् । सन् २०२२ जुलाई १७ मा उनले राजदूतको जिम्मेवारी लिएकी हुन् । नेपाली, अंग्रेजी, हिन्दी फरर बोल्ने उनी बंगाली भाषाको आधारभूत जानकारी राख्छिन् । नेदरल्याण्डबाट एमए गरेकी रिजालले शंकरदेव क्याम्पसबाट एमबीएसमेत गरेकी छन् । रिजाल करिअर डिप्लोम्याट होइनन् ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत हुन् ज्योति प्याकुरेल भण्डारी । २०७९ साल साउन १८ गते राजदूतको नियुक्ति पाएकी भण्डारी दक्षिण कोरियाको लागि प्रथम नेपाली महिला राजदूतसमेत हुन् । भण्डारी पनि करिअर डिप्लोम्याट भने होइनन् ।

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकाल हुन् । उनको नियुक्ति २०७९ साल साउन १० मा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर