सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ – Nepal Press

सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेको दाबी गरेको छ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।

उनले भने, ‘एक लाख ४० हजार रुपैया बरामद भएको थाहा पाएँ । तर कोबाट घुस लिएको थाहा भएन ।’ स्रोतका अनुसार इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर