सर्वदलीय बैठकबाट ओली बाहिरिए, अरू छलफलमै – Nepal Press

सर्वदलीय बैठकबाट ओली बाहिरिए, अरू छलफलमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट ओली बाहिरिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।

आजको बैठकमा राष्ट्रपति र सभामुखको निर्वाचनबारे छलफल भइरहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर