त्रिभुवन विमानस्थलको ‘एस्केलेटर’ मा लडेपछि उषा रजक रुँदै लाइभमा – Nepal Press

त्रिभुवन विमानस्थलको ‘एस्केलेटर’ मा लडेपछि उषा रजक रुँदै लाइभमा

काठमाडौं । मोडल तथा अभिनेत्री उषा रजक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्लै चिच्याइरहेको भिडियोले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यानाकर्षण गरिरहेको छ । उनी विमानस्थलबाटै फेसबुकमा लाइभ आएर रुँदै आफ्नो आक्रोश पोखेकी थिइन् ।

उषाको आक्रोश विमानस्थलभित्रको एस्केलेटरको डिजाइन र त्यहाँका कामदारप्रति लक्षित थियो । उनले सो एस्केलेटर गलत तरिकाले डिजाइन गरिएको दावी गर्दै आफू दूर्घटनामा परेको बताइन् । आखिर भएको के थियो त? उनले नेपाल प्रेससँग घटना विवरण सेयर गरेकी छन्:

हिजो राति पौने १२ मा म र मेरो छोरी बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थियौं । मैले उक्त भिडियो गर्दाको घटना भने १२–०५ तिरको हो ।विमानस्थलबाट तलमाथि गर्ने लिफ्ट पुरै भिड थियो, त्यसैले हामीले एस्केलेटर प्रयोग गर्यौं । एस्केलेटरमाा हामी लगभग १०, १५ जना थियौँ ।

एस्केलेटर नै यस्तो खालको थियो कि त्यो प्रयोग गर्दा हामी त्यहाँ भएका सबै एकैचोटि लड्यौं । एउटा सानो पाँच–को बच्चाको दुईटा ट्रलीको बिचमा घाँटी नै अड्कियो । एक वृद्ध बुवालाई तीनवटा ट्रलीले थिच्यो । मेरो खुट्टा पनि अड्कियो र झण्डै भाँचियो ।

धन्न हाम्रो ज्यान गएन । एलिभेटर रोक्नुस भन्दै चिच्याउनुपर्यो । त्यहाँ के–के भयो भयो । एकछिन त जात्रा नै भयो । त्यस्तो हुँदा पनि त्यहाँको एउटा भाईले आएर उल्टै मलाई गाली गर्यो । बिचरा उसको पनि दोष त हैन । उ पनि एक काम गर्ने कामदार न हो । उसलाई निलो ड्रेस लगाउने पुलिसले पठाएको थियो । उसले आएर मलाई सिधै, ‘तपाईं यहाँबाट किन आउनुभएकोरु लिफ्ट देख्नुभएन ?’ भन्दै गाली गर्यो ।

प्रयोग गर्नकै लागि बनाइएको हो नि ?त्यहाँबाट आवातजावत गर्न नमिल्ने भए किन बनाएको त ? त्यस्तो घटना घट्दा अनि बच्चा रुदाँसमेत उनीहरुले निस्किनु कि निस्किनु भन्दै त्यहाँबाट सबैलाई निकाले । म चाहिँ जे सुकै गर्नुस, म निस्किन्न भनेर त्यहीँ बसेँ । मैले भिडियो बनाउन थालेपछि भने मलाई कतिले आएर चुप लगाउन खोज्नुभयो ।

चाहिने बेलामा नेपालीहरु भिडियो खिच्दैनन् । नचाहिने बेलामा भने उद्दार गर्न छोडेर सबै क्यामाराम्यान भएर बस्छन् । हिजो त्यस्तो हुँदा भिडियो खिच्नुस् भन्दासमेत कसैले खिचेनन् । सबै चुपचाप गए । अन्तिममा म मात्र त्यहाँ बसेर समस्याबारे औँला उठाइरहेको थिएँ । हुन त म एउटाले कराएर के नै हुन्छ र ? जिम्मेवारी कसैमा छैन ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्ने अनि त्यस्तो धरापजस्तो संरचना बनाउने ?जम्मा तीनवटा लिफ्ट त्यस्मा पनि सयजना भन्दा धेरै मान्छे । यो एकदमै लाजमर्दो कुरा हो । अहिलेसम्मकै खत्तम डिजाइन हो यो । एकदमै नराम्रो । कुन चाहीँले डिजाइन गरेको हो । भ्रष्टाचारी देश । भ्रष्टचारी अन्तर्राष्ट्रिय विमानस्थल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर