बलेफी गाउँपालिका अध्यक्षको मनोमानीविरुद्ध उपाध्यक्षसहित ९० प्रतिशत जनप्रतिनिधिले मागे विशेष अधिवेशन – Nepal Press

बलेफी गाउँपालिका अध्यक्षको मनोमानीविरुद्ध उपाध्यक्षसहित ९० प्रतिशत जनप्रतिनिधिले मागे विशेष अधिवेशन

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले नीतिविपरीतका गतिविधि गरेको भन्दै उपाध्यक्षसहित ९० प्रतिशत जनप्रतिनिधिहरुले विशेष गाउँसभाको माग गरेका छन् ।

मंगलबार ३७ जना जनप्रतिनिधिले सात बुँदे मागसहित संयुक्त हस्ताक्षर गरी अध्यक्षले स्थानीय सरकार सञ्चालन ऐनविपरीत काम गरेको आरोप लगाएका छन् ।

ऐनअनुसार नीति निर्माण नगरी मनोमानी ढंगले निर्णय गरिएकोमा ९० प्रतिशत जनप्रतिनिधिले विशेष गाउँसभाको माग गरेका हुन् । माध्यमिक शिक्षा सञ्चालन कार्यविधि, स्रोत सुनिश्चितताबेगरको कार्यान्वयन, स्थानीय राजपत्र, वडा अध्यक्षलगायतको अधिकार, करार कर्मचारी व्इवस्थापन तथा निःशुल्क शिक्षालगायतका सात बुँदे ध्यानाकर्षणसहित गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, १४ जना कार्यपालिका सदस्य र ३७ जना जनप्रतिनिधिले विशेष अधिवेशन माग गरेका हुन् ।

बलेफी गाउँपालिकाका ४२ निर्वाचित सदस्यमध्ये एक जना जिल्ला समन्वय समितिका उपप्रमुख छन् । यहाँ १६ जनाको कार्यपालिका रहेको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, बागमती प्रदेशलगायतलाई बोधार्थसहितको विज्ञप्ति मंगलबार गाउँपालिकामा दर्ता गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *