प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलहरूको बैठक बालुवाटारमा – Nepal Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलहरूको बैठक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बसेको छ । बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।

आजको छलफलमा राष्ट्रपति र सभामुखको निर्वाचन, समसामयिक राजनीति घटनाक्रमको बारेमा छलफल हुने जनाइएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक सहभागी छन् । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल सहभागी छन् ।

यस्तै, माओवादीबाट नवनियुक्त मन्त्री रेखा शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनमुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता चौधरीलगायत नेताहरु सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर