६० वर्षमा पहिलोपटक घट्यो चीनको जनसंख्या – Nepal Press

६० वर्षमा पहिलोपटक घट्यो चीनको जनसंख्या

काठमाडौं । चीनमा गत वर्षको भन्दा यो वर्ष साढे आठ लाख जनसंख्या घटेको छ । हरेक वर्ष बढ्ने जनसंख्या ६० वर्षमा घटेको यहि पहिलो घटना भएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

सीएनएनका अनुसार सन २०२२ मा १ अर्ब ४१ करोड जनसंख्या पुगेको छ । सन् २०२१ को भन्दा यो साढे आठ लाख थोरै भएको चीनको राष्ट्रिय तथ्यांक व्यूरोलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

सन १९६१ मा माओको ग्रेट लिप फरवार्डको समयमा चीनमा भएको भोकमारीले जनसंख्या घटेको थियो । त्यसपछि यो नै पहिलोपटक जनसंख्या घटेको हो । हरेक हजार जनसंख्यामा ६.७७ जन्मदर भएको बीबीसीले लेखेको छ । सन् १९७९ मा एक बच्चा नीति ल्याएको चीनमा जनसंख्या नियन्त्रण सुरु भएको थियो ।

तर, अघिल्लो वर्षको तुलनामा जनसंख्या घटेको भने ६० वर्षमा पहिलोपटक सन २०२२ मै देखिएको छ । एक बच्चा नीति सन २०१६ मा फुकुवा भएको थियो । एक बच्चा नीतिको फुकुवा र सरकारले प्रजनन दर बढाउन गरेका अनेकन प्रोत्साहनका बाबजुध चीनको जनसंख्या घटेको हो । घट्दो जनसंख्याले चीनको आर्थिक विकासमा असर गर्ने विज्ञहरुले भन्दै आएका छन् । सन २०२३ मा चीनलाई जितेर भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर