चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको ५ लाख सहयोग, कसले कति गरे ? (भिडि‌ओ) – Nepal Press

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको ५ लाख सहयोग, कसले कति गरे ? (भिडि‌ओ)

काठमाडौं । चलचित्रकर्मी कल्याण कोषलाई आर्थिक योगदानस्वरुप चर्चित गायक उदितनारायण झाकी पत्नी दीपा झा, अभिनेता दीपकराज गिरी, अभिनेत्री दीपाश्री निरौला, महिला सशक्तीकरणकी संयोजक गीता नेपालले आर्थिक सहयोग गरेका छन् । हालसम्म कोषमा ८ लाख २४ हजार ६९६ रुपैयाँ सहयोग संकलन भएको छ ।

कोषमा उदित पत्नी दीपाले ५ लाख १११, निर्देशक, निर्माता तथा अभिनेता दीपकराजले १ लाख ११ हजार १०१, निर्माता तथा अभिनेत्री दीपाश्रीले १ लाख १११, निर्देशक तथा अभिनेता निर्मल शर्माले ५१ हजार १५१, अभिनेत्री स्वस्तिमा खड्काले ५१ हजार १ ११ र महिला सशक्तीकरणकी संयोजक गीताले ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

आज आयोजित ‘कल्याण कोषलाई आर्थिक योगदान तथा सम्मान कार्यक्रम’मा दीपा झा आफैं उपस्थित भएर सो रकम हस्तान्तरण गरेकी थिइन् । सुटिङका कारण निर्मल र स्वस्तिमा भने कार्यक्रममा उपस्थित भएनन् ।

बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा चलचित्र विकास बोर्डले आर्थिक सहयोग गर्ने सबैलाई सम्मान पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर