महिला व्यवसायीलाई कोका–कोलाको सक्षम तालिम – Nepal Press

महिला व्यवसायीलाई कोका–कोलाको सक्षम तालिम

काठमाडौं । कोका–कोलाले महिला व्यवसायीलाई सक्षम तालिम कार्यक्रम प्रदान गरेको छ ।खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्न सञ्चालन गरिएको कार्यक्रममा १ हजार भन्दा बढी जना महिलालाई तालिम प्रदान गरिएको हो ।

कम्पनीले आफ्नो बोटलि पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो ।खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । त्यसैगरी नेपालमा पनि गत ६ वर्ष देखि स्टार सञ्चालन गर्दै आइरहेको र जसअन्तर्गत ५ हजार ८ सय जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलालाई तालिम दिइसकेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर