उपप्रधानमन्त्री लिङ्देनको पहिलो निर्णय- पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन (भिडिओ) – Nepal Press

उपप्रधानमन्त्री लिङ्देनको पहिलो निर्णय- पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार सम्हालेका हुन् ।

उनले पाँच वर्षे रणनीतिक योजना बनाउन पहिलो निर्णयको रुपमा कार्यदलसमेत गठन गरेका छन् ।

उनले भने, ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कामलाई अगाडि बढाउन विगतको कामलाई अध्ययन गरेर आगामी ५ वर्षमा गर्नुपर्ने कामहरु के के हुन् कसरी अगाडि जानसक्छौं भनेर आवश्यकता र प्राथमिकता निर्धारण गरेर पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छौं ।’

मन्त्रालयकै सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनले जानकारी दिए । योजनाबद्ध ढंगले काम गर्नसकेमात्रै ठोस परिणाम आउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर