लुम्बिनीमा सभामुख माओवादीका घर्ती र उपसभामुख राप्रपाकी खाण निर्विरोध – Nepal Press

लुम्बिनीमा सभामुख माओवादीका घर्ती र उपसभामुख राप्रपाकी खाण निर्विरोध

रुपन्देही । लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएकी छन् । सोमबार मनोनयनको अन्तिम समयसम्म सभामुखमा माओवादीका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका थिए ।

उपसभामुखमा उम्मेदवमरी दर्ता गर्दा कांग्रेस र नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी परेको थियो । तर आज सबै जनाले फिर्ता लिएपछि उपसभामुखमा राप्रपाकी मेनुका केसी खाण केसी निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आज दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकएक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। नेपाली कांग्रेसले गठबन्धनभित्रै अन्तरविरोध बनाएर जित्ने दाउमा उपसभामुखमा मात्रै उम्मेदारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर