मधेशका माओवादी सांसद साह भन्छन् – प्रहरी र कर्मचारी समायोजनका लागि संघर्ष गर्नुपर्छ – Nepal Press

मधेशका माओवादी सांसद साह भन्छन् – प्रहरी र कर्मचारी समायोजनका लागि संघर्ष गर्नुपर्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद भरत साहले प्रहरी र कर्मचारी समायोजनका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

सत्ता साझेदार दलको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका एमालेका रामचन्द्र मण्डलको प्रस्ताव बैठकसभा बैठकमा पेश गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयतालाई कमजोर तथा पङ्गु बनाउने षड्यन्त्र भइरहेको भन्दै संघीयता पक्षधरहरु एकजुट हुनुपर्ने बताए ।

पूर्व गृह तथा सञ्चारमन्त्री समेत रहेका उनले विगतको सरकारले प्रहरी र कर्मचारी समायोजनलाई प्राथमिकता नदिएको गुनासो गरे । उनले प्रहरी र कर्मचारी समायोजन नभएकाले प्रदेश कमजोर बनेको पनि बताए ।

बैठकमा नेकपा एमालेका सांसद तथा मन्त्री सरोज कुमार यादवले सभामुखका उम्मेदवार मण्डललाई समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर