मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् ।

आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुखका लागि सत्ता साझेदार दलहरुको तर्फबाट एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी कांग्रेसका जंगीलाल राय उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर