मधेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री यादवले काँग्रेस संसदीय दलका नेता यादवलाई भेटेर विश्वासको मत दिन औपचारिक पत्र नै दिएका हुन् । काँग्रेस दलका नेता यादवले छलफल पश्चात् आवश्यक निर्णय लिने बताएका छन् ।

नेपाली काँग्रेसको यो प्रदेशमा २२ सांसद छन् । काँग्रेसले विश्वासको मत दिएपछि सर्वसम्मतिको सरकार बनाउने मुख्यमन्त्री यादवले बताएका छन् । संघमा प्रतिपक्षमा बसेको लोसपाले भने मुख्यमन्त्री यादवलाई समर्थन गरिसकेको छ । नेकपा एसले के गर्ने निर्णय अझै गर्न नसकेको बुझिएको छ ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री यादवले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । केहि बेरमा प्रदेशसभा बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर