सरकारमा जाने निर्णयपछि राजेन्द्र लिङ्देन भन्छन्- ठुलो अग्नि परीक्षामा उभिएको हुँ – Nepal Press

सरकारमा जाने निर्णयपछि राजेन्द्र लिङ्देन भन्छन्- ठुलो अग्नि परीक्षामा उभिएको हुँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि आफू ठुलो अग्नि परीक्षामा होमिएको बताएका छन्।

उपप्रधान तथा ऊर्जा मन्त्रालय लिएर सरकारमा आफ्नै नेतृत्वमा पार्टी सरकारमा जाने निर्णयपछि उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो।’

उनले आफ्ना समर्थकलाई असम्भव जस्तो लागे पनि खरो उत्रने प्रतिबद्धता जाहेर गर्दै धैर्यता र सहयोगका लागि अपिल समेत गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अध्यक्ष लिङ्देन आफैँ सहभागी हुने निर्णयप्रति आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर