प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै जसपा – Nepal Press

प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागबन्डाप्रति असन्तुष्टि जनाएको छ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २ मन्त्रालय दिने निर्णयप्रति असन्तुष्टि जनाएको हो।

जसपाको प्रवक्ता मनिष सुमनले सरकारमा सामेल हुने कुरा प्रधानमन्त्रीको हातमा भएको बताए ।

उनले भने, हामीले भागबन्डामा असहमति जनाएका हौँ । सुरुदेखि नै सरकारलाई समर्थन गरिसकेका छौँ। अब सामेल हुने कुरा प्रधानमन्त्रीको हातमा छ। मन्त्रीहरूको शपथअघि प्रधानमन्त्रीसँग हामी छलफल गर्छौँ ।

जसपाले आफूले उपराष्ट्रपति पनि पाउनुपर्ने अडान राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर