सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, सभामुखका लागि मतदान हुने – Nepal Press

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, सभामुखका लागि मतदान हुने

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । आज तेस्रो पटक सभामुख निर्वाचनका लागि मतदान हुने भएको छ । यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको उम्मेदवार छन् । २८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर भण्डारी सभामुख हुनबाट रोकिएका थिए भने ३० गते नागरिक उन्मुक्तिका ७ सांसदले कतै मत नदिएपछि दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पाउन सकेनन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । आजको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर