बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै – Nepal Press

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकद्वारा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

विश्वासको मतका लागि आज मध्यान्ह १२ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको लागि आग्रह गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेललाई मुख्यमन्त्री बन्दा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का ७ तथा हाम्रो नेपाली पार्टीका २ गरी ७० जना प्रदेशसभा सांसदले साथ समर्थन दिएका थिए ।

सरकार निर्माणमा समर्थन गरेको नेकपा एकीकृत समाजवादीले सभामुख र उपसभामुख निर्वाचनमा भने तटस्थ बसेको थियो । सभामुख, उपसभामुख फरक विषय रहेको भन्दै समाजवादीका नेता कृष्णप्रसाद खनाल शर्माले सरकारलाई समर्थन गरिसकेको अवस्थामा विश्वासको मत दिने सम्भावना प्रबल रहेको प्रतिक्रिया दिए ।

बागमती प्रदेशसभामा १ सय १० सांसदहरू रहेका छन् । नेपाल मजदुर किसान पार्टीले भने प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । नेमपिकाका ३ जना सांसदहरू रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर