पोखरा विमान दुर्घटना : शव काठमाडौं ल्याइँदै – Nepal Press

पोखरा विमान दुर्घटना : शव काठमाडौं ल्याइँदै

गण्डकी । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं ल्याउने तयारी तयारी गरिएको छ ।

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।

चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाइँने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

‘हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ’, उनले भने, ‘अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।’

शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौं ल्याउने तयारी छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *