एमालेले पायो ८ मन्त्री र दुई राज्यमन्त्री, यी हुन् मंगलबार थपिने नयाँ मन्त्री – Nepal Press

एमालेले पायो ८ मन्त्री र दुई राज्यमन्त्री, यी हुन् मंगलबार थपिने नयाँ मन्त्री

काठमाडौं । सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो ।

तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । एमाले उच्च स्रोतका अनुसार बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी,सुनसरीकी भगवती चौधरी,सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन् ।

एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएकामध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहटका किरण साह हुने भएका छन् । अर्का एकमा पर्साका राजकुमार गुप्ता वा अर्को कसलाई पठाउने भन्ने तय नभएको एक नेताले बताए ।

एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् ।

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय मंगलवार विहानसम्म तलमाथि हुने बताइएको छ ।


प्रतिक्रिया

4 thoughts on “एमालेले पायो ८ मन्त्री र दुई राज्यमन्त्री, यी हुन् मंगलबार थपिने नयाँ मन्त्री

  1. एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय सम्हाल्ने भए देशले पुनः भ्रष्टाचारको दलदलमा १००% फस्ने भए । भने सर्वसाधारण नागरिकलाई शोषण, दु:ख, सास्ती समस्याको सिकार हुने भए । कठै बरा 🤗

    1. किन पुर्वाग्रही भएको बन्धु ? सबैभन्दा स्वच्छ पार्टी माथि यस्तो वाहियात आरोप लगाउनुका दुई कारण हुन सक्छन् । एक, काँग्रेसले पद नपाएको झोक झिकेको । दुई, एमाले बढदै जाने भयो भनेर ईर्ष्या गरेको ।

  2. यो सरकारलाई सजिलो छैन यसले सुशासन र विकास यसको लक्ष्य हुनुपर्छ नत्र सक्किने भन्दा अरू उपायको यसलाई सुविधा छैन मेरो निजी विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर