सत्ता साझेदार दलका शीर्ष नेताबीच सहमति- राष्ट्रपति र सभामुख एमालेलाई – Nepal Press

सत्ता साझेदार दलका शीर्ष नेताबीच सहमति- राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।

गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेताले नेपाल प्रेसलाई बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा भने टुंगिएको छ । उनीहरुले आ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गरेर प्रधानमन्त्रीलाई दिएपछि मंगलवार सपथ ग्रहण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर