राप्रपा र रास्वपाले उपप्रधानमन्त्रीसहित पाए यी मन्त्रालय – Nepal Press

राप्रपा र रास्वपाले उपप्रधानमन्त्रीसहित पाए यी मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको उच्च स्रोतले जनाएको छ ।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ ।

त्यस्तै, रास्वपाले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसकेका छन् ।

अब सो पार्टीले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।


प्रतिक्रिया

One thought on “राप्रपा र रास्वपाले उपप्रधानमन्त्रीसहित पाए यी मन्त्रालय

  1. कमसेकम शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पाएको भएको राष्ट्रिय स्वतन्त्र पार्टीले केही गरेरै प्रमाणित गर्ने थिए ।
    स्वास्थ्य जस्तो संवेदनशील जनसरोकारलाई ध्यानमा राख्नु सकेनन् जनघाति एमालेलाई
    दिने निर्णय प्रति गम्भीर ट्रुटी छ समयमै ध्यानाकर्षण होस् । संवन्धित सबैले दिनुपर्ने थियौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर