खिचडी महोत्सवमा ग्यास पड्किँदा एकजनाको मृत्यु, दुई घाइते – Nepal Press

खिचडी महोत्सवमा ग्यास पड्किँदा एकजनाको मृत्यु, दुई घाइते

रुपन्देही । कपिलवस्तु वाणगंगा नगरपालिकाको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

वाणगंगा वडा नं. ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटमा परि बेलुन व्यापारी वाणगंगा नगरपालिका वडा नम्बर ८ सिसहनियाका ६५ वर्षीय नासिर मोहम्मदको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि तौलिहवा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *