विमान दुर्घटना : सेनाद्वारा ब्ल्याक बक्स हस्तान्तरण – Nepal Press

विमान दुर्घटना : सेनाद्वारा ब्ल्याक बक्स हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले पोखरामा भएको यती एअरलाइन्स दुर्घटनाको ब्ल्याक बक्स हस्तान्तरण गरेको छ ।

सेनाले आज घटनास्थलबाट फेला पारेको विमानको फ्लाईट डाटा रेकर्डर तथा ककपिट भ्वाईस रेकर्डर विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँच आयोगलाई हस्तान्तरण गरेको हो ।

‘पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त विमानको खोज तथा उद्दार कार्यको लागि परिचालित फौजले आज घटनास्थलबाट विमानको फ्लाईट डाटा रेकर्डर तथा ककपिट भ्वाईस रेकर्डर फेला पारेर सम्बन्धित निकायलाई बुझाएको छ’, सैनिक हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, उद्दारको कार्य भोलि पनि जारी रहने सेनाले जनाएको छ ।

आइतबार यती एअरलाइन्सको एटीआर ७२ ९ एन-एएनसी विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर