सुनवलमा बस र कार ठक्कर खाँदा १ जनाको मृत्यु, ५ घाइते – Nepal Press

सुनवलमा बस र कार ठक्कर खाँदा १ जनाको मृत्यु, ५ घाइते

रुपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र कार ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

परासीभूमही सडकखण्डअन्तर्गत सुनवल१२ भूमहीमा लु २ ख १२२६ नं को बस र वाग्मती प्रदेश ०१९०२५ च ३८९७ नंको कार ठक्कर खाँदा भएको दुर्घटनामा परेर कारचालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका ९८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ ।

गम्भीर घाइते पौडेलको उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुने सबै कारमा रहेका छन् । बसका यात्रु सकुशल छन् । घाइते हुनेमा कपिलवस्तु वाणगंगा९ ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना,सोही ठाउँ निवासी २८ वर्षीय मनोजकुमार परियार, नवलपरासीपूर्व बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी,नवलपरासी (पूर्व) कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका ६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर