लुम्बिनीमा गठबन्धन दलमा खटपट, गठबन्धन फुटाउने कांग्रेसको रणनीति – Nepal Press

लुम्बिनीमा गठबन्धन दलमा खटपट, गठबन्धन फुटाउने कांग्रेसको रणनीति

सभामुखमा माओवादीको घर्ती निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी

रुपन्देही । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती बसन्त निर्विरोध भएका छन् भने उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । सभामुखमा घर्तीको मात्रै उम्मेदवारी र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको हो।

सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १को १ बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका विश्वप्रेम पाठकको प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।

यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् । सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ । दुई वटा मन्त्रालयमा सहमति थियो ।

तर, हामीले भनेको जस्तो भएन,संसदीय दलका नेता धर्म चौधरीले भने–हामीलाई माओवादी, एमाले, कांग्रेस सबैको समर्थन मिल्छ । नेपाली कांग्रेसले गठबन्धन दलभित्रै खेलेर फुटाउने रणनीति लिएको छ । यसअघि नै प्रदेश सभापति अमरसिहं पुनले सहमतिमै उपसभामुख पाउनेगरी दलहरुमा छलफल भएको जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर