गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित – Nepal Press

गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

उजका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन् । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए । कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रह्।

उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यले मत दिएका थिए ।

थापाको प्रस्तावकमा एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहेकी थिइन् । थापा समानुपातिक तर्फ बागलुङबाट निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर