विष्णु पौडेलको प्रष्टोक्ति- सत्ता साझेदार दल एक ठाउँमा छौं, कांग्रेससँगको छलफल फरक हो – Nepal Press

विष्णु पौडेलको प्रष्टोक्ति- सत्ता साझेदार दल एक ठाउँमा छौं, कांग्रेससँगको छलफल फरक हो

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दल एक ठाउँमा भएको प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा उनले कुनै समस्या नभएको बताए ।

उनले भने, ‘भोलि विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ ।’

प्रधानमन्त्रीले भोलिको बैठकपछि कांग्रेससँग पनि सल्लाह गरिन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ ।’

उनले सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ नभएको प्रष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर