एमालेले कूटनीतिक क्षेत्रसँग सम्बन्धित विषयमा अभिमुखीकरण कार्यक्रम गर्ने – Nepal Press

एमालेले कूटनीतिक क्षेत्रसँग सम्बन्धित विषयमा अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही माघ ६ र ७ गते पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुईदिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने परराष्ट्र विभागले जनाएको छ ।

पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहने परराष्ट्र विभागले जनाएको छ ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो बार्षिक कार्ययोजना बमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक बिषयमा पनि छलफल चलाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर