गिरोहबाट भ्रामक सूचना प्रकाशित भएको भन्दै कर्णाली डेभलेपमेन्ट बैंकको ध्यानाकर्षण – Nepal Press

गिरोहबाट भ्रामक सूचना प्रकाशित भएको भन्दै कर्णाली डेभलेपमेन्ट बैंकको ध्यानाकर्षण

काठमाडौं । पश्चिम नेपालमा वित्तीय सेवा प्रदान गर्दै आएको कर्णाली डेभलपमेन्ट बैंकले केही गिरोहले बैंकका विषयमा भ्रामक सूचना फैल्याइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकका विषयमा आएका अनर्गल प्रचारप्रति दुःख व्यक्त गर्दै विश्वास नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

लामो समयदेखि समाज सेवामा क्रियाशील व्यक्तिहरुको सहकार्यमा स्थापना भएको बैंकका विषयमा चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न प्रकारका कपोल्कल्पित समाचारहरु प्रकाशन भएकोप्रति बैंकले दुःख व्यक्त गरेको हो ।

कर्जा प्रवाहका विषयमा न्यूनतम मान्यता र बैंकले गर्ने कामका विषयमा आधिकारिक व्यक्तिसँग सोधपुछसमेत नगरी समाचारहरु प्रकाशन भएको बैंकको भनाइ छ । बैंक तथा वित्तीय सँस्थामा अहिले बिभिन्न प्रकारका समस्याहरुसमेत आईरहेको सन्दर्भमा गलत फाइदा उठाउन खोजिएको तर त्यस्ता गतिबिधिलाई निरुत्साहित गर्न खोज्दा बैंकका विषयमा अनर्गल र भ्रामक सूचनाहरु प्रकाशित भएको बैंकको दाबी छ ।

त्यस्त सूचना प्रकाशनका विषयमा प्रेस काउन्सिल नेपालले समेत स्पष्टिकरण सोधिसकेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर