अष्ट्रेलियन ओपन: चोटपछि कोर्ट फर्किएकी राडुकानु दोस्रो चरणमा – Nepal Press

अष्ट्रेलियन ओपन: चोटपछि कोर्ट फर्किएकी राडुकानु दोस्रो चरणमा

काठमाडौं । तमारा क्रोप्याचलाई सोझो सेटमा पराजित गर्दै इम्मा राडुकानु वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको दोस्रो चरण प्रवेश गरेकी छिन् ।

ब्रिटिस नम्बर एक राडुकानुले क्रोप्याचलाई ६–३, ६–२ को सेटमा हराउँदै चाटपछि सकारात्मक सुरुआत गरेकी छिन् ।

२० वर्षीय राडुकानुको ११ दिन अगाडी न्यूजिल्यान्ड अकल्यान्डमा खेलकै क्रममा खुट्टामा चोट लागेको थियो । चोटपछि उनले दु:खी हुँदै मैदान छाडेकी थिइन् ।

त्यसपछि उनले अष्ट्रेलियन ओपन गुमाउने सम्भावनामा शङ्का थियो ।

तर, राडुकानुले अष्ट्रेलियन ओपनको तयारी खेलमा राम्रो प्रदर्शन गरेकी थिइन् ।

विश्व नम्बर ७७ राडुकानुले दोस्रो चरणमा सातौँ वरियताकी कोको गौफको सामना गर्नेछिन् ।

गौफले सोमबार बिहान मेलवन पार्कमा केच रिपब्लिककी काटेरिना सिनियाकोभालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी थिइन् ।

यस्तै, छैटौँ वरियताकी मारिया साक्कारी चीनकी यू यूआनलाई ६–१, ६–४ को नतिजामा सहज रूपमा पराजित गर्दै दोस्रो चरण पुगेकी छिन् । दोस्रो चरणमा उनले डियाना स्नेइडरसँग प्रतिस्पर्धा गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर