बागमती प्रदेशको उपसभामुखको निर्वाचन आज हुने


हेटौँडा । बागमती प्रदेशको उपसभामुखको निर्वाचन आज हुने भएको छ । देशमा शोक बिदा दिइएपनि सांसदको पहिलो बैठकको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक ब्यवस्थाको कारण आज हुने निर्वाचन नरोकिने प्रदेशसभा सचिव कृष्णहरी खड्काले नेपालप्रेसलाई बताए ।
देश शोकमा रहेको भएपनि संविधानभन्दा बाहिर रहेर बैठकलाई रोक्न नमिल्ने भन्दै आज दिउँसो ३ बजे बैठक सञ्चालन हुने उनको भनाई रहेको छ ।
प्रदेशसभाको उपसभामुखको लागि सत्तारुढ गठवन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापाईले उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसबाट सुना परियार तथा नेपाल मजुर किसान पार्टीबाट गिता काफ्लेले उम्मेदवारी दिएकी छन् ।
सभामुखकै निर्वाचन परिणामलाई हेर्दा सभामुखको निर्वाचनमा पनि सत्तारुढ गठवन्धनका उम्मेदवार विजयी हुने देखिएको छ । सत्तारुढ गठबन्धनकी उम्मेदवार एमालेकी चापागाँईलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ तथा हाम्रो नेपाली पार्टीको २ जनाको समर्थन मिल्ने देखिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारलाई आफ्नो मात्र ३७ जना तथा नेपाल मजदुर किसान पार्टीको उम्मेदवारलाई पनि आफ्नो मात्र ३ जनाको समर्थन देखिएको छ ।