प्रधानमन्त्री प्रचण्ड बालकोटमा, ओलीसँग ‘लन्च मिटिङ’ – Nepal Press

प्रधानमन्त्री प्रचण्ड बालकोटमा, ओलीसँग ‘लन्च मिटिङ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दलका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् ।

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री प्रचण्ड बालकोटमा, ओलीसँग ‘लन्च मिटिङ’

  1. प्रचणडले यो देशमा केही गरेर देखाउने हो भने अहिलेको गठबन्धनमा गडबढ गर्नु मुर्खता सिवाह केही हुनेछैन । एमालेलाई सभामुख र राष्ट्रपति नदिने बितिक्कै गठबन्धन भत्किन्छ । उनको सरकार त टिक्ला काँग्रेसको गठबन्धनले तर उनी बदनाम हुनेछन किनकी काँग्रेस, लोसपामा बदनामहरू छन् ।

  2. यो मुलुकको अस्थिरताको कारक प्रचण्ड हुन की होइनन प्रमाणित गर्ने जिम्मा उनकै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर