कांग्रेस प्रवक्तासहितका नेताले हेलिकप्टरका लागि सिध्याए गाउँपालिकाको १० लाख रूपैयाँ – Nepal Press

कांग्रेस प्रवक्तासहितका नेताले हेलिकप्टरका लागि सिध्याए गाउँपालिकाको १० लाख रूपैयाँ

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गोरू जुधाईका लागि छुट्याएको १० लाख बजेट कांग्रेसका नेताले हेलिकप्टर उडाउन खर्चिएका छन् । कांग्रेस प्रवक्ता एवम् सांसद प्रकाशसरण महत, कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र गाउँपालिका अध्यक्ष शिव अधिकारी काठमाडौंबाट हेलिकप्टरमा आज तारूका पुगेका थिए ।

काठमाडौंबाट नोवाकोटको तारकेश्वर गाउँपालीका जान गाडीमा २ घण्टाको समय लाग्छ । सो ठाउँको दूरी जम्मा ६२ किलोमिटर मात्रै छ । मेलामा एमाले र माओवादीका स्थानीय नेताहरूले १० लाख सरकारी पैसा खर्च गरेर कांग्रेसका नेताहरु गोरु जुधाई बहिष्कार गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष हरि रिमाल र तारकेश्वर गाउँपालिका वडा २ का अध्यक्ष शिव पनेरु सहभागी भएनन् । गोरू जुधाई मेला कांग्रेसले एकलौटी समिति बनाएको भन्दै एमाले र माओवादीले बहिष्कारका बावजुत मेला सञ्चालन भएको थियो । विगतमा पनि गोरू जुधाईको नाममा राजनीति हुँदै आएको स्थानीयहरु बताउछन् ।

तर, कांग्रेस प्रवक्ता महतले भने आफू गाउँपालिकाको पैसा खर्च गरेर तारकेश्वर गाउँपालिकाले गोरू जुधाई नगएको दाबी गरे ।

उनले भने, ‘पहिले नै तारकेश्वर गाउँपालिकाका अध्यक्षलाई गाउँकालिकाको पैसा हो की हैन भनेर सोधेको थियो । गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको खर्चमा हेलिकप्टर चाटर गरेको होइन भनेपछि मात्रै म गएको हुँ ।’

पर्यटन प्रवर्द्धनका लागि हेलिकप्टर कम्पनीले नै हेलिकप्टर खर्च व्यहोरेको महतले नेपाल प्रेससँग दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर