कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको दाबी – Nepal Press

कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको दाबी

बेइजिङ । कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएको बताएको छ । यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो विवरण अनुमान गरिएभन्दा कम भएको बताइएको छ ।

अघिल्लो महिनाको प्रारम्भदेखि नै अस्पतालहरू बिरामीले भरिभराउ भएका थिए भने शवदाह गृह तथा अन्त्येष्टिस्थलमा पनि ठूलो भीड लागेको थियो । अकल्पनीय रुपमा कोरोनाका बिरामी बढेकाले ६० हजारभन्दा बढीको मृत्यु भएको ठानिएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि पाँच हजार ५०३ जनाको मृत्यु भएको तथा ५४ हजार ४३५ जनाले कोरोनासहित अन्य रोगका कारण मृत्युवरण गरेको जनाएको छ । अस्पतालमा भएका मृत्युको विवरण आयोगले प्रस्तुत गरेकाले घरमै ज्यान गुमाएकासमेतलाई समेट्दा ६० हजारभन्दा बढी महामारीको चपेटामा परेको अनुमान गरिएको छ ।

अघिल्लो महिनाको जस्तो अवस्था अहिले नभएकाले कोरोनाको गम्भीर अवस्थाबाट देशले पार पाएको आयोगले जनाएको छ । एकै दिन २९ लाख बिरामी उपचारमा गएकामा अर्को दिन त्यो सङ्ख्या चार लाख ७७ हजारमा झरेको थियो ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ सम्बन्धी वास्तविक सूचना उपलब्ध गराउन चीनसँग आग्रह गरेको छ । एकै महिनामा ६० हजारले ज्यान गुमाएको विवरण सार्वजनिक भएका वेला राष्ट्रसङ्घीय संस्थाले तथ्यपरक सूचना उपलब्ध गराउन बेइजिङसँग अनुरोध गरेको हो ।

चीनले विश्व स्वास्थ्य सङ्गठनलाई पाँच हजार ५०३ जनाको कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि मृत्यु भएको तथा ५४ हजार ४३५ जनाले क्यान्सर, मुटुरोगलगायत अन्य रोगका कारण ज्यान गुमाएको जानकारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर