मन्त्रिपरिषद् बैठक : यती एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन (भिडिओ) – Nepal Press

मन्त्रिपरिषद् बैठक : यती एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन (भिडिओ)

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ ।

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् ।

दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *