कर्णालीको सभामुखमा निर्वाचित गुरुङको सपथ ग्रहण ४ बजे – Nepal Press

कर्णालीको सभामुखमा निर्वाचित गुरुङको सपथ ग्रहण ४ बजे

सुर्खेत । कर्णाली प्रदेशसभा सभामुखमा निर्वाचित नन्दा गुरुङको सपथ ग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ ।

केहीबेर अघि प्रदेशसभामा भएको निर्वाचनमा २४ मत प्राप्त गरेर सभामुखमा नन्दा गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले दिउँसो ४ बजे सपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

उनलाई नेकपा एमालेको १०, माओवादी केन्द्रको १३, राप्रपा एक मत पाएकी हुन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेर पराजित भएका छन् । उनले कांग्रेसको १३ मत र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर