विमान दुर्घटनाप्रति देउवा र ओलीद्वारा दु:ख व्यक्त, प्रभावकारी उद्धारको आग्रह – Nepal Press

विमान दुर्घटनाप्रति देउवा र ओलीद्वारा दु:ख व्यक्त, प्रभावकारी उद्धारको आग्रह

काठमाडौं । पोखरामा भएको विमान दुर्घटना घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति दु:ख जनाउँदै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध भएको छु । यस दु:खद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु । साथै उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरामा विमान त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले दु:खी बनाएको भन्दै । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली जनाएका छन् । दुर्घटनाको प्रभावकारी उद्दारका लागि ओलीले सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर