‘अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश – Nepal Press

‘अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश

काठमाडौं । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल–अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ ।

माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो ।

‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत भएका छन् । फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

सौरभ स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनीश तामाङले निर्माण गर्नेछन् । फिल्मका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिनेछ। राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।

आगामी वैशाखबाट छायांकन सुरु गरिने फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ ।

निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ ।

दुई शृङ्खलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट पनि तयार भैसकेको छ ।

हिन्दु धर्मका सप्त ऋषिमध्येका अगस्त्य ऋषिको नामबाट यस चलचित्रको शीर्षक जुराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर