सुर्खेतमा माघीको चहलपहल, हौसला दिँदै स्थानीय सरकार (भिडिओ) – Nepal Press

सुर्खेतमा माघीको चहलपहल, हौसला दिँदै स्थानीय सरकार (भिडिओ)

सुर्खेत । सुर्खेतमा पनि थारु समुदायले भव्यरूपमा माघी पर्व मनाएका छन् । थारु समुदायले माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने गर्छन ।

सुर्खेतमा ठउरी, जैपुर, ढोल्पुर, खोलिगाँउ, गुप्तीपुर, लोवस्ता, घोक्रेनी, रहरपुर, नयाँ घुस्रा, पुरानो घुस्रा, मनकापुर, चारकुने, नयाँ गाउँ, पालगंगा, कुन्टि, भानपुर, गाग्रेताल, सब्बाकुना, पदमपुर, बुदबुदी, तातापानी, पतेनी इतौरा र मसुरीखेतमा थारु समुदायको बाक्लो बसोबास छ ।

थारु कला संस्कृतिको जर्गना गर्नका लागि पुसको अन्तिम दिन माघी मेला, महोत्सव लगाउने गरिएको वीरेन्द्रनगर नगरपालिका-९ का ६६ वर्षीषा कालुराम थारु (दहित) बताउँछन् ।

थारु समुदायको मौलिक संस्कृति र भेषभूषा लोप हुँदै गएको छ । त्यसको जगेर्ना गर्न मेला, महोत्सव लगाउने गरिएको उनले जानकारी दिए ।

उनले भने, ‘थारु सुमदायले लगाउने भेगुवा लोप हुँदै गएको छ । ठेटुवा कपडा बुन्ने व्यक्ति नहुँदा भेगुवा लोप हुन पुगेको हो । पछिल्लो समय अरु समुदायले लगाउने कपडा लगाउँछौ जुन सहज र सजिलो लाग्छ ।’

यस्तै, सुर्खेतमा गएको वर्षदेखि थारुहरूले मेला महोत्सव लगाउने गरेका छन् । मेला, महोत्सवका लागि थारु समुदायले स्थानीय सरकारबाट आर्थिक सहयोग पाएपछि केही टेवा पुगेको लखानी थारु मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरी बताउँछन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश भएको हँदा अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा फूलबारी रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन् । थारु सुमदायको संस्कार, संस्कृति बचाउका लागि नगरपालिको सहकार्य गर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘भाषा, संस्कतिलाई जर्गना गर्न सक्यौं भने भोलि आउने पुस्तालाई हाम्रो संस्कार, संस्कृति, धर्म, परम्परालाई हस्तान्तरण गर्ने सक्छौं ।’

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले सगुनका लागि मदिरा, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यस्त हुने गर्छन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने गरिएको लोकबहादुर चौधरीले जानकारी दिए ।

माघी पर्व आउनु भन्दा केही दिन पहिला दुनाटपरी गाँस्ने, जंगल गई दाउरा ल्याउने, तोरीको तेल पेल्ने, घर लिपोपोत तथा आँगन सरसफाइलगायतका कामहरू गरिन्छ । नयाँ वर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली बाँडिन्छ ।

यो पर्वमा विशेषगरी बंगुरको मासु, माछा, घोंगी, गङ्गेटा, ढिकरीलगायत खानाका परिकार खाने चलन रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर