विमान दुर्घटनापछि पोखरा विमानस्थल बन्द – Nepal Press

विमान दुर्घटनापछि पोखरा विमानस्थल बन्द

काठमाडौ । यती एयरलाइन्सको जहाज दुर्घटना पछि पोखरा बिमानस्थल बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले केही समयमा लागि पोखरा विमानस्थल बन्द भएको नेपाल प्रेसलाई जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त एटीआर ७२ विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क गरी कुल ६८ यात्रु थिए ।

विमान कमल केसीले चलाएका थिए भने अन्जु खतिवडा कोपाइलट थिइन् । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *