दुर्घटनाग्रस्त जहाजबाट २४ जनालाई निकालियो तीमध्ये २ जना मात्र जीवित रहेको अनुमान – Nepal Press

दुर्घटनाग्रस्त जहाजबाट २४ जनालाई निकालियो तीमध्ये २ जना मात्र जीवित रहेको अनुमान

काठमाडौं। कास्कीमा आइतबार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म २४ जना निकालिएको र तीमध्ये बढीमा २ जना मात्र जीवित रहेको प्रारम्भिक आशंका गरिएको छ।

उद्धारमा खटिएका एक अधिकारीले भने, ‘२ जना उछिट्टिएकाले उनीहरू जीवितै रहेको भन्ने छ। अस्पतालमा के भएको छ। थाहा छैन।’

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना थिए। आगो अझै निभाउन बाँकी रहेकाले ठुलो मानवीय क्षतिको प्रारम्भिक आशंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर