शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित – Nepal Press

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

रुपन्देही । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन्। नवलपरासीको भुमहीमा सम्पन्न २५ औं राष्ट्रिय परिषद बैठकले बरालको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय नयाँ नेतृत्व चयन गरेको हो ।

जसमा केन्द्रीय कार्य समितिको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, उपसभापति (महिला) पुष्पा मल्ल, महासचिव रेनुका पौडेल, सचिव प्रदेश १ लक्ष्मीनारायण मिश्र, सचिव मधेस प्रदेश अमर गौतम, सचिव बागमती प्रदेश चन्द्रमणी बन्जारा, सचिव गण्डकी प्रदेश सिताराम तिवारी,सचिव लुम्बिनी प्रदेश सन्तोष अधिकारी क्षेत्री, सचिव कर्णाली प्रदेश प्रकाश शाही, सचिव सुदूरपश्चिम प्रदेश भक्तबहादुर विश्वकर्मा, सचिव महिला मिना ढकाल, सचिव जनजाति रामप्रसाद जोशी, सचिव मधेसी सन्तोषकुमार रौनियार , सचिव दलित निर्मल नेपाली निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा नम्रता खरेल, क्षेमादेवी अधिकारी , मिरादेवी अधिकारी, फुलु सुनार, ज्ञानेन्द्र निरौला , विनोद कुमार अधिकारी, डिपी खनाल, देवराज भट्टराई ,दिल्लिप्रसाद जैशी , तुल्सीराम सुनार निर्वाचित भएका छन् ।

यसअघि उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गरेका थिए ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्वसभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए । २५ औ रा.प. बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरी दुई सय पचहत्तर जनाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर