माधव नेपालले भने- हेरौँ, प्रचण्डजीको हिम्मत कतिको छ (भिडिओ) – Nepal Press

माधव नेपालले भने- हेरौँ, प्रचण्डजीको हिम्मत कतिको छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सकारात्मक रूपमा हेर्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारलाई आफूहरूले पनि समर्थन गरेको बताए।

उनले भने, ‘अहिले प्रचण्ड नेतृत्वको सरकार छ। आशा गरौँ अब उहाँले सकारात्मक रूपमा लिनुहुनेछ। उहाँलाई डर के छ भने माधव नेपालको जिल्लाबाट भनेर टेलिफोन या आकाशवाणी आउला। त्यसले उहाँ डराउनुहोला। हेरौँ प्रचण्डजीको हिम्मत कतिको छ। उहाँ कतिचाहिँ निष्पक्ष ढंगले निर्णय गर्नुहुन्छ। यो सरकारमा हामीले पनि समर्थन गरेका छौँ।’

उनले सरकारलाई समर्थन गर्नका लागि संसदमा १५ बुँदा प्रस्तुत गरेको समेत बताए।


प्रतिक्रिया

One thought on “माधव नेपालले भने- हेरौँ, प्रचण्डजीको हिम्मत कतिको छ (भिडिओ)

  1. माकुनेको लागि सबै भन्दा ठुलो भयको कुरा ‘ललिता निवास जग्गा हिनामिना’ हो !! त्यसमा मुद्दा लगाएर ओलीले जेल कोच्न सक्छन भन्ने मनको बाघले सतायिएर यत्रो उत्पात गरियो, आफु पर्ने त्यो खाल्डोमा देउवाले बिर्को लगाइदिए !! अहिले घुमिफिरी बिर्को उघ्रिने संकेत दिख्यो, माकुनेको हंसले काम गर्न छोड्यो: अनी बर्बराउन थाल्यो ‘मलाई समाउन सक्छस प्रचन्ड, भनेर !!
    देश प्रती बफादार कुनै पनि सरकारले यस्ता पाखन्डी र देश द्रोहिलाई सुली चडाउनै पर्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर